• pradeshpoint
  • Pradeshpoint
Sunday, May 3, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कर र राजश्व भुक्तानीका लागि लाइन बसिरहन नपर्ने, इसेवाले ल्यायो घरैबाट भुक्तानीको सुविधा

admin 📝 admin
२०७७ पुस २५ गते, ११:५० बजे प्रकाशित
in अर्थ पाना
कर र राजश्व भुक्तानीका लागि लाइन बसिरहन नपर्ने, इसेवाले ल्यायो घरैबाट भुक्तानीको सुविधा
32
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ । करदाताहरूले आन्तरिक राजश्व कार्यालयहरूको राजश्व इसेवादेखि नै दाखिला ९भुक्तानी० गर्न सक्ने भएका छन् ।

अबदेखि करदाताले आन्तरिक राजश्व विभाग अन्तरगतका कुनै पनि राजश्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवाशुल्क इसेवाबाटै बुझाउन सकिने भएको हो ।

इसेवामा यो सेवा उपलब्ध भएसँगै राजश्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

इसेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सकिने छ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ ।

इसेवामार्फत कर भुक्तानी गर्न सकिने सुविधाबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उद्देश्य राखेको थियो । सरकारको यो नीतिलाई हामीले कार्यान्वयन गर्ने अभियानमा छौं । यसै सम्बन्धमा सबै सरकारी कार्यालयको भुक्तानीलाई पनि डिजिटल भुक्तानीको माध्यममा जोड्दै नगदरहित अभियानलाई अगाडि बढाएका छौं । हाम्रो देशभर रहेको एजेन्ट नेटवर्कमार्फत देशको जुनसुकै कुनाबाट कर तिर्न मिल्ने व्यवस्था गरिएको छ । यसबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिल्नेछ भन्ने विश्वास लिएका छौं ।’

हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध भए पनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको भनाई रहेको छ ।

इसेवामार्फत कर तिर्नका लागि सर्बप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ । त्यसपछि करदाताको पोर्टलमा गई बायाँतर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्स्पेयर लगइनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखी पेमेन्ट भौचरमा क्लिक गर्नुपर्नेछ । त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखी आफूले बुझाउन चाहेको करको प्रकार, राजश्व शीर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ ।

सोही गरिसकेपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ । उक्त ट्रान्जेक्सन कोड टिपेपछि इसेवामा क्लिक गरी इसेवाको वेभसाइट खोल्नु पर्नेछ । त्यसपछि फाइनान्सियल कम्प्ट्रोलर जनरल अफिसमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफूले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिनेछ । आफूले भुक्तानी गरिसकेपछि राजश्व कार्यालयको वेभसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पूरा भएको भनेर देखिनेछ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Tags: अर्थ पानाइसेवाराजश्व

Related Posts

अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै
FEATURE

अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २० गते, १७:५३ बजे प्रकाशित
0

काठमाडौँ । अब करदाताले स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्रका लागि सम्बन्धित स्थानीय तहमै जान सक्ने भएका छन्। अर्थ मन्त्रालय अन्तर्गतको...

छठ पर्व नजिकिँदै जाँदा सुनसरीमा केराको माग अत्यधिक, मूल्य ५ सयदेखि १ हजार रुपैयाँसम्म
FEATURE

छठ पर्व नजिकिँदै जाँदा सुनसरीमा केराको माग अत्यधिक, मूल्य ५ सयदेखि १ हजार रुपैयाँसम्म

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक ८ गते, १३:०३ बजे प्रकाशित
0

इनरुवा । छठ पर्व नजिकिँदै जाँदा सुनसरी जिल्लामा केराको माग अत्यधिक बढेको छ। विशेषगरी घाट सजावट, अर्घ्यदान तथा प्रसादका रूपमा...

खर्च कटौतीमा सरकारको कठोर निर्णय

खर्च कटौतीमा सरकारको कठोर निर्णय

२०८२ अशोज ८ गते, २१:०४ बजे प्रकाशित
भोक्राहा नरसिंह गाउँपालिकाको ८०.५० अंक: मेहनत र विश्वासले बुनेको सुन्दर कथा

भोक्राहा नरसिंह गाउँपालिकाको ८०.५० अंक: मेहनत र विश्वासले बुनेको सुन्दर कथा

२०८२ भदौ १४ गते, ८:५३ बजे प्रकाशित
प्रतिस्पर्धात्मक जनशक्तिका लागि बिआइसिटीई कार्यक्रम : जनतामा अध्ययन गर्ने विद्यार्थीको आकर्षण

प्रतिस्पर्धात्मक जनशक्तिका लागि बिआइसिटीई कार्यक्रम : जनतामा अध्ययन गर्ने विद्यार्थीको आकर्षण

२०८२ साउन २९ गते, १९:२६ बजे प्रकाशित
“एक निर्णय, पाँच भविष्य संकटमा!” — कटहरी गाउँपालिकाको निर्णयले कामत परिवारको जीवन अध्यारोमा

“एक निर्णय, पाँच भविष्य संकटमा!” — कटहरी गाउँपालिकाको निर्णयले कामत परिवारको जीवन अध्यारोमा

२०८२ साउन २२ गते, १५:१८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist