सुनसरीको गढी गाउँपालिका १ नम्बर वडा मधेलीलाई शिल गरिएको छ । मंगलबारदेखी लागु हुनेगरी गाउँपालिकाले कोरोना संक्रमित बढेको भन्दै कारोना रोकथाम तथा नियन्त्रणका लागि एकसाताका लागि वडालाई शिल गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले पालिकाको बैठकले नागरिकको मागको अधारमा र जोखिमको अवस्था हेरेर एकसाताका लागि गढी गाउँपालिका १ नम्बर वडा कार्यालयको मधेली क्षेत्रलाई शिल गरिएको जानकारी दिनुभयो । यादवले शिल गरिएको क्षेत्रमा मानिसलाई घरबाहिर ननिस्कनका लागि अपिल समेत गरीएको बताउनुभयो । शिल गरिएको क्षेत्रमा प्रहरीले सुरक्षा निगरानी गर्ने यादवले बताउनुभयो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गाउँपालिका स्तरीय अध्यक्ष कप अन्तरविद्यालय...













Discussion about this post