सुनसरीको गढी गाउँपालिका १ नम्बर वडा मधेलीलाई शिल गरिएको छ । मंगलबारदेखी लागु हुनेगरी गाउँपालिकाले कोरोना संक्रमित बढेको भन्दै कारोना रोकथाम तथा नियन्त्रणका लागि एकसाताका लागि वडालाई शिल गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले पालिकाको बैठकले नागरिकको मागको अधारमा र जोखिमको अवस्था हेरेर एकसाताका लागि गढी गाउँपालिका १ नम्बर वडा कार्यालयको मधेली क्षेत्रलाई शिल गरिएको जानकारी दिनुभयो । यादवले शिल गरिएको क्षेत्रमा मानिसलाई घरबाहिर ननिस्कनका लागि अपिल समेत गरीएको बताउनुभयो । शिल गरिएको क्षेत्रमा प्रहरीले सुरक्षा निगरानी गर्ने यादवले बताउनुभयो ।
“श्रमको सम्मान, राष्ट्रको अभियान” नारासहित भोक्राहा नरसिंहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुनसरी — “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ भोक्राहा नरसिंह गाउँपालिकामा रोजगार रणनीति तजमा अद्यावधिक तथा कार्यान्वयनका लागि...
Discussion about this post